इमेज सहकारी ठगीको अनुसन्धानका लागि ढोरपाटनका मेयर नेपालीलाई पनि कास्की ल्याइयो
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार ११:३:१९
२५ कात्तिक, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइएको हो ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए ।
उनीविरुद्ध पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेको छ । उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको हो ।
पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् । मेयर देवकुमार नेपालीलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीले मेयर नेपालीलाई पक्राउ गरी नेपाललाई जिम्मा लगाएको थियो ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उनी लामो समयसम्म फरार रहेपछि रेडकर्नर नोटिससमेत जारी गरिएको थियो । मेयर नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए ।
बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको थियो । पोखरा महानगरपालिकामा रहेको सहकारीबाट ५ सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ ।
उनी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए। त्यसअघि उनी २०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको चुनावअघि टिकट नपाएपछि उनले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए । सहकारी प्रकरणमा जोडिएपछि एमालेले २०८० जेठमा नेपालीलाई निलम्बन पनि गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार
सहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
माघ २०, २०८१ आइतबार
आचारसंहिता उल्लंघन गर्ने एकदर्जन बढी सञ्चारमाध्यमलाई कारबाही
माघ २०, २०८१ आइतबार