आजको मौसम : पूर्वमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना !
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार १४:३९:८
काठमाडौं । काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा अहिले घाम लागेको छ । पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ ।
हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।
तर फोनीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ ।
प्रिमनसुन भएकाले हुरीबतास र चट्याङ परे पनि हिजोअस्तिको जस्तो तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने उनको अनुमान छ ।हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाडौं उपत्यकाको थोरै ठाउँमा पानी पर्न सक्ने मौसमविद् बासीको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने
पुष २२, २०८१ सोमबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार