बलिउड फिल्म बाजिगरको सिक्वेल बन्ने
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १०:४८:१४
२८ कात्तिक, काठमाडौं । बलिउडका किङखान शाहरुख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ ।
बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले शाहरुखसँग छलफलमा रहेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालसम्म निर्माताले कुनै स्क्रिप्ट अर्थात् योजना प्रस्तुत नगरेको तर सिक्वेल बनाउने आइडियामा छलफल भइरहेको रिपोर्टमा उल्लेख्य छ । यस फिल्ममा शाहरुख खान फेरि एकपटक मुख्य भूमिकामा देखिनेछन् ।
ओरिजिनल बाजीगर फिल्ममा अन्याय नहोस् र फ्यानले सिक्वेल पनि मन पराउनका लागि यो फिल्मको लागि राम्रो स्क्रिप्ट ल्याउने निर्माता जैनले बताएका छन् । रतन जैनले पटकथासँगै सिक्वेललाई पनि नयाँ दिशा चाहिने बताए ।
बाजीगरको सिक्वेलको बारेमा कुरा गर्दै निर्माता रतन जैनले भनेका छन्- बाजीगर २ को लागि हामीले शाहरुखसँग कुरा गरेका छौं । हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं, तर यो अवश्य बनाइनेछ । निर्माताको यो भनाइ सुनेर दर्शकले छक्क पर्नुहोला।' बाजीगर सन् १९९३ मा रिलिज भएको थियो । फिल्मलाई अब्बास–मस्तानले निर्देशन गरेका थिए ।
रिपोर्टहरू विश्वास गर्ने हो भने, यो फिल्म सबैभन्दा पहिले अनिल कपूरलाई अफर गरिएको थियो । यद्यपि, अनिल कपुरले मिति र समय तालिकाको कारणले यसलाई अस्वीकार गरे, त्यो समयमा अनिल कपुर रूप रानी चोरोंका राजा गर्दै थिए । त्यसपछि यो फिल्म सलमान खानलाई अफर भयो तर उनका बुबा सलीम खानलाई स्क्रिप्ट मन परेन र अन्ततः यो फिल्म शाहरुख खानलाई अफर गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिकिन्दर नसकिँदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने
माघ १८, २०८१ शुक्रबार
अनुष्का-विराटको अंगरक्षकको तलब सीईओको भन्दा बढी
माघ १८, २०८१ शुक्रबार
महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै
माघ १७, २०८१ बिहिबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार