निर्मला पन्तको बलात्कार गर्ने व्यक्ति चिन्छु भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ, धमला पनि सीआईबीमा
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १४:४१:५२
२८ कात्तिक, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । सीआईबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेको थियो । यस विषयमा सीआईबीले अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलालाई पनि सीआईबी कार्यालयमा बोलाएको छ ।
प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई सीआईबीले नियन्त्रणमा लिएको हो । बुधबार फेरि सीआईबीमा हाजिर हुन आउन भने पनि उनी सम्पर्कबिहीन भएपछि पक्राउ गरिएको हो । मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधबार प्रहरीले खोजेर दिउँसो नियन्त्रणमा लिएको हो ।
अन्तवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सीआईबी कार्यालय उपस्थित भएको बताइएको छ । धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए । त्यससम्बन्धमा बुझ्नका लागि बोलाइएपछि धमला पनि बुधबार दिउँसो सीआईबी कार्यालय पुगेका हुन् ।
सीआईबीले अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटाे देखिएको र सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएकाे जनाएको छ । आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तवार्तामा दिएको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
अनलाइन जुवामा १ अर्ब बढी कारोबार, ललितपुरबाट १० भारतीय र १५ जना नेपाली पक्राउ
माघ २०, २०८१ आइतबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
माघ २२, २०८१ मंगलबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
नेपालमा क्यान्सरबाट १६ हजार बढीको मृत्यु, प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने
माघ २२, २०८१ मंगलबार
१० देखि १४ वर्षका किशोरीहरूलाई आजदेखि निःशुल्क एचपीभी खोप दिइँदै
माघ २२, २०८१ मंगलबार