इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्द
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १४:४४:५५
२८ कात्तिक, काठमाडौं । इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ । जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन् ।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकी-लाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ ।
जेटस्टारले अष्ट्रेलियाको समय अनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ । त्यस्तै भर्जिन अष्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ।
यो ज्वालामुखी विष्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ । अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो । अष्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार
श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ
माघ २१, २०८१ सोमबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
माघ २२, २०८१ मंगलबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
नेपालमा क्यान्सरबाट १६ हजार बढीको मृत्यु, प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने
माघ २२, २०८१ मंगलबार
१० देखि १४ वर्षका किशोरीहरूलाई आजदेखि निःशुल्क एचपीभी खोप दिइँदै
माघ २२, २०८१ मंगलबार