अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १५:४३:५७
२८ कात्तिक,, ललितपुर । महालक्ष्मी नगरपालिका-३ इमाडोल नयाँ पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित काठमाडौं बस्ने मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२-०५५ प ०४३५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ५२ एम्पुल, एभिल ५२ एम्पुल र डाइजेपाम ५२ एम्पुल सहित सुनसरी धरान उपमहागनरपालिका-१४ बुढासुब्बा टोल बस्ने २४ वर्षीय सुशिल भुजेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, कटहरी गाउँपालिका-१ महेशपुर बस्ने ४१ वर्षीय गोपाल कुमार राजबंशीलाई अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा विराटनगर महानगरपालिका-४ बस्ने ६२ वर्षीय सहरूद्दिन मियासँग खरिद गरेको खुल्न आएपछि प्रहरीले सहरूद्दिनको घर तलासी गर्दा थप ३ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका-१० बस्ने २८ वर्षीय उत्सव पौडेल र काठमाडौं टोखा नगरपालिक-३ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ४० वर्षीय अर्जुन राज पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित रौतहट गरूडा नगरपालिका-५ बस्ने २१ वर्षीय रमोध राय यादवलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका(३ झण्डिनगरस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १३ हजार ट्याब्लेट सहित सोही नगरपालिका(२ झण्डेनगर बस्ने २३ वर्षीय सिकन्दर चौहानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई बङ्गलादेशी पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
चिसोमा निमोनियाबाट बच्न विज्ञ चिकित्सकको सुझाव
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
मुस्ताङको स्याउ : बढ्दो माग, पुर्याउन धौधौ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
कात्तिक २९, २०८१ बिहिबार
नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक रुपमा बन्द रहने
कात्तिक २९, २०८१ बिहिबार