बिहिबार करिव १४ अंकले बढेको बजारमा १० अर्ब ३२ करोडका शेयर खरिद बिक्री भए
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १५:३३:३७
२९ कात्तिक, काठमाडौं । बिहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ । आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।
यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढे । फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशत घटे ।
तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भयो भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार