सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार १२:७:२६
४ मंसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।
उनले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि सँगै अनुशासित पनि पर्ने बताए। ’सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो । तर, सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ,’उनले भने,’ लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो । ’
उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे। गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै भने,’तपाईंहरूले काम गरिराख्नु भएको छ तर, यत्तिले पुग्दैन थप क्रियासिलता र सक्रिय भएर काम गर्नुस् । सबै समस्या समाधान हुन्छन् ।’उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने बताए ।
गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरू भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा प्रमुखलगायतको सहभागीता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको आकाश प्रदूषित
माघ २०, २०८१ आइतबार
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
माघ २०, २०८१ आइतबार
के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
माघ २०, २०८१ आइतबार
आइतबार झण्डै ७० अंकले बढ्यो बजारः नेप्से २७२७.५८मा बन्द, १३ अर्बनजिक भयो कारोबार
माघ २०, २०८१ आइतबार
अर्थमन्त्रीको दावी, निर्माण व्यवसायीको पैसा तिरिसक्यौँ
माघ २०, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको आकाश प्रदूषित
माघ २०, २०८१ आइतबार
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
माघ २०, २०८१ आइतबार
के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
माघ २०, २०८१ आइतबार
आइतबार झण्डै ७० अंकले बढ्यो बजारः नेप्से २७२७.५८मा बन्द, १३ अर्बनजिक भयो कारोबार
माघ २०, २०८१ आइतबार
अर्थमन्त्रीको दावी, निर्माण व्यवसायीको पैसा तिरिसक्यौँ
माघ २०, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको आकाश प्रदूषित
माघ २०, २०८१ आइतबार
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
माघ २०, २०८१ आइतबार
के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
माघ २०, २०८१ आइतबार