सत्यनिरूपण र बेपत्ता छानबिन आयोगको नेतृत्व लिन हाइप्रोफाइलले दिए निवेदन, सर्टलिष्ट बनाइँदै
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १२:९:४०
६ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको छ । दुवै आयोगका पदाधिकारी चयन गर्न गठित सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन बमोजिम आवेदन आह्वान गरेको थियो ।
आवेदन दिन एक साताका लागि दिएको समय गएको बिहीबार नै सकिएको थियो । निर्धारित समयसम्म १५६ जनाले भौतिक रूपमा र पाँचजनाले अनलाइनमार्फत आवेदन दिएको कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार सरोकारवालाको सुझावमा सिफारिस समितिले आवेदन दिने समय पाँच दिन थप्ने निर्णय गरेको छ । केही व्यक्ति तथा संस्थाबाट समय छोटो भएको गुनासो आएकाले सिफारिस समितिले ४ मंसिर अपरान्ह ५ बजेसम्म समय थप्ने निर्णय भएको थियो ।
थपिएको समयसम्ममा आयोगको पदाधिकारीमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि पूर्वमन्त्री गोविन्द बन्दीसम्मलाई राख्न सिफारिस समितिसमक्ष सुझाव पुगेको छ । १५६ जनाको नाम सिफारिस भएकोमध्येबाट संक्षिप्त सूची सार्वजनिक गर्नका लागि आज सिफारिस समितिको बैठकसमेत बस्ने तयारी भइरहेको छ । २०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो ।
त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । आवेदन दिने म्याद मंसिर ४ गते अपरान्ह ५ बजे सकिएको थियो । न्यायसम्बन्धी दुई आयोगको १० पदाधिकारीका लागि १५६ जनाले आवेदनमाथि आजबाट छानबिन सुरु हुनेछ । यसरी आवेदन दिने मध्ये केही हाई प्रोफाइल व्यक्तिहरूको नाम पनि परेको छ । तर उनीहरूको सहमति नलिई संस्थागत रूपमा आवेदन दिइएको बुझिएको छ ।
आयोगका लागि भौतिक रूपमा उपस्थित भएर ८९ अनलाइन २०, संघ संस्थाबाट सहमतिमा २० र सहमति पत्र नभई २७ जनाले तोकिएको मितिभित्र आवेदन दिएको थिए । अनलाइन र भौतिक रूपमा उपस्थित भएर व्यक्तिगत १८ जनाले दुई आयोगको अध्यक्षका लागि आवेदन दिएका छन् । त्यस्तै संघ संस्थाको अनुमति नलिई ११ जना र २ जना सहमति लिएर आवेदन दिएको समितिले जनाएको छ । उक्त नाममा सार्वजनिक टिप्पणी लिएपछि सिफारिस समितिले काम अघि बढाइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
माघ २१, २०८१ सोमबार
राष्ट्रपतिद्वारा वसन्तपुरमा वसन्त श्रवणः तस्बिरहरू
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार