विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १३:४२:४३
११ मंसिर, काठमाडौं । सरकारले कर्मचारी र जनप्रतिनिधिको विदेश भ्रमणमा कडाइ गर्ने भएको छ । जथाभावी विदेश भ्रमणले राज्यको अनावश्यक खर्च, कूटनीतिक तहमा असर र मानव तस्करीसम्मका घटनाहरु बढेपछि रातो पासपोर्टको प्रयोगमै अंकुश लगाउने गरी कार्यविधि बनाइएको छ । यो कार्यविधि जारी भएपछि सरकारी पदाधिकारी, सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधि निश्चित मापदण्डभित्र बाँधिने छन् ।
सरकारी कर्मचारीको कूटनीतिक भेटघाट तथा विदेश भ्रमणमा कडाइका विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरू बैठकले उक्त निर्णय लिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अब पदाधिकारी र कर्मचारीको कूटनीतिक भेटघाट तथा विदेश भ्रमणमा कडाई गरिनेछ । कूटनीतिक भेटघाट तथा विदेश भ्रमण व्यवस्थित र मर्यादित बनाउन चार वटा निर्णय भएको बताइएको छ । कूटनीतिक पासपोर्ट प्रयोग गरेर जथाभावी विदेश जाने प्रवृत्ति रोक्ने तयारीस्वरुप यसो गरिएको हो ।
प्रधानमन्त्री कार्यलयका ति कर्मचारीका अनुसार मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा गत साता सचिवहरूको बैठक बसेर यस्तो कार्यविधि बनाएको हो । विदेश भ्रमणसम्बन्धी कार्यविधि परिवर्तन गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । सरकारी निमन्त्रणाबाहेक कुनै संघसस्था वा व्यक्तिको निमन्त्रणमा विदेश जाने क्रममा विशेष वा कूटनीतिक पासपोर्ट दुरुपयोग भएको उदाहरण भेटिन थालेपछि कार्यविधि परिवर्तन गर्न लागिएको हो ।
विदेशी सरकार, नियोग र अन्तर्राष्ट्रिय संघसस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने निर्देशिका–२०७६ लाई एक महिनाभित्र परिवर्तन गरिने निर्णय बैठकले गरेको छ । बैठकले विशेषतः प्रदेश र स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरेर यस्तो निर्णय गरेको हो । सरकारी कामकाजमा बाहेक अन्य व्यक्तिगत कामकाजका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग नगर्ने÷नगराउने र यसको व्यवस्थापन परराष्ट्र र गृह मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ ।
अब स्पोन्सर खोजेर विदेश जाने पराम्परामा अंकुश लाग्नेछ । सरकारी कोषको रकम खर्च नभए पनि औचित्य पुष्टि गरेर मात्र सरकारी कर्मचारी विदेश पठाउने प्रस्ताव स्वीकृत गर्नुपर्ने निर्णय बैठकले गरेको थियो । यसबाट अब सरकारी कर्मचारीले जोसुकैको निमन्त्रणामा जुनसुकै मुलुकमा पनि जान नपाउने भएका छन् । गृह र परारष्ट्र मन्त्रालयले यसको निगरानी गर्नुका साथै कारवाही पनि गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार