८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १५:३७:३
१३ मंसिर, काठमाडौं । शेयरबजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ८.३० अंकले घटेर बन्द भएको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा बन्द भएको छ ।
यस दिन ५० कम्पनीको शेयर मूल्य बढेको छ । १९४ कम्पनीको शेयर मूल्य घटेको छ । विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । ५० कम्पनीको शेयर मूल्य बढ्दा १९४ को घटेको हो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो ।
व्यापार समूहमा साल्ट ट्रेडिङ र विशाल बजार मात्रै सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङभन्दा विशाल बजार १० गुणा शक्तिशाली छ । यहीं कारण व्यापार समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्दछ ।
मानुषी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।
विकास बैंक सूचक १.०५ र जीवन बीमा ०.४७ प्रतिशत बढे । बैंकिङ ०.८७, फाइनान्स ०.९७, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर १.५८, लगानी ०.८७, उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशत घटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार