फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १६:५७:२३
१३ मंसिर, काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई उपभोक्तालाई गुणस्तरहीन सेवा दिएको भन्दै थप कारवाहीको चेतावनीसहित ५० हजार नगद जरिवाना तिराएको छ । एनसेलले प्राधिकरणसँग गरिएको सर्तविपरित गएर उपभोक्तालाई गुणस्तरहीन सेवा दिएको आरोपमा नगद जरिवाना गरिएको हो ।
एनसेललाई फोरजी सेवामा गुणस्तर सुनिश्चित नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना प्राधिकरणले तिराएको हो । कम्पनीले जरिवाना दाखिल गरे पनि भविष्यमा गुणस्तर सुनिश्चित गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ । त्यसो नगरे थप कारवाही हुने प्राधिकरणले जनाएको छ । एनसेललाई फ्रिक्वेन्सी उपलब्ध गराउँदा फोरजी सेवाको गुणस्तर र क्वालिटी अफ सर्भिस (क्यूओएस) का विभिन्न सर्त तोकिएको थियो । एनसेलले तोकिएको मापदण्डअनुसार सेवा नदिएपछि ५० हजार जरिवाना तिराइएको हो ।
प्राधिकरण कर्मचारीका अनुसार एनसेललाई यसै साता उक्त जरिवाना तिराइएको हो । एनसेलको फोरजी सेवा सम्बन्धमा गुणस्तर परीक्षण (ड्राइभ टेष्ट) गर्दा कमजोरी देखिएको हो । एनसेलले सर्तबमोजिम गुणस्तरीय सेवाको सुनिश्चितता नगरेकाले प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ को व्यवस्थाअनुसार कारबाही गरेको हो । फोरजी सेवाको गुणस्तर परीक्षणका लागि गरिएको ड्राइभ टेस्ट र अन्य प्रमाणहरूको विश्लेषणपछि एनसेलले अपेक्षित गुणस्तरीय सेवा दिन नसकेको प्राधिकरणको ठहर छ ।
एनसेललाई भविष्यमा सेवा सुधारका लागि थप स्रोतसाधन परिचालन गरी गुणस्तर सुनिश्चित गर्न पनि प्राधिकरणले निर्देशन दिइएको छ । दूरसञ्चार ऐनको दफा ४७ (१) मा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने सक्ने उल्लेख छ । थप गल्ती गरे एनसेलले त्यसको हानी नोक्सानीको बिगो वा सोबापत क्षतिपूर्ति भर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार