काठमाडौं सिडिओ कार्यालयमा धमिरा कर्मचारीको विगविगी ! नागरिकता लिन पुगेका सेवाग्राहीलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १७:४९:३१
१३ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, त्यो जिल्लाको सरकारी कार्यालयको हेड । जिल्लाभरीका सरकारी, अर्ध सरकारी तथा निजी क्षेत्रबाट समेत भए गरेका ढिलासुस्ती, अनियमितता एवं गैरकानुनी क्रियाकलाप बारे चेकजाँच गरी आवश्यक कारवाही गर्ने अख्तियारी पनि जिल्ला प्रशासन कार्यालय अर्थात् सिडिओ अफिसलाई छ । तर, त्यही कार्यालयबाट सेवाग्राहीले हैरानी बेहोर्नु पर्यो भने नि ? त्यसमा पनि राजधानीकै सिडिओ कार्यालयबाट ?
प्रसंग हो, काठमाडौं सिडिओ कार्यालयमा नागरिकता बनाउन पुगेका सेवाग्राहीले भोग्नु परेको तितो यथार्थ । काठमाडौं सिडिओ कार्यालयको अन्य शाखामा सेवाग्राहीमाथि त्यति हैरानी भए–नभएको अनुसन्धानकै क्रममा छ, तर नयाँ नागरिकता शाखामा भने सेवाग्राहीलाई सास्ती दिन धमिरा कर्मचारीको गिरोह नै सक्रिय छ । नागरिकता फाँट अन्तर्गतको झ्याल नम्बर १०२, १०३, १०४ र १०५ मा कार्यरत कुनै पनि कर्मचारी सेवाको भावनाबाट अलिकति पनि ओतप्रोत भएका देखिन्नन् ।
उनीहरुको बोली र व्यवहार सेवाग्राहीलाई सियोले घोचेजस्तो लाग्छ । यसरी, त्यसरी, जसरी पनि दुखै दिने उनीहरुको नियत बुझि नसक्नु छ । त्यसमा पनि १०५ नम्बर झ्यालको कमाण्ड गरेका प्रशासकीय अधिकृत उपेन्द्र साहको त बोली सुकुम्बासी टोलमा बस्नेको भन्दा कम छैन । उनको हेपाहा प्रवृत्तिले सेवाग्राही निराश बन्न पुग्छन् । प्रशासकीय अधिकृतकै छुद्र शैलीको बोलीले सेवा लिन जाने जो कोही अमिलो मन गरेर फर्कनु पर्ने हुन्छ ।
प्रशासकीय अधिकृत साह मात्रै होइनन्, झ्याल नम्बर १०२, १०३ र १०४ का कर्मचारीको पनि शैली उस्तै हो । १०४ की कम्प्युटर अपरेटर नासु अर्चना सुवेदी, १०२ का नासु कैलाश पोखरेल लगायतले यसरी, त्यसरी, जसरी सेवाग्राहीमाथि खोट मात्रै देखाउने । दलालसँग सेटिङमा आएका काम बाहेक अरु सामान्य ढंगबाट आएका काममा उनीहरूबाट दोष र खोट मात्रै लगाउने गरिन्छ । कुनै विषयमा सेवाग्राहीले आफूलाई परेको मर्कामाथि बहस गर्न थाल्यो भने १०१ देखि १०४ सम्मका कर्मचारी एकगठ्ठा हुने र एक स्वरमा सेवाग्राहीलाई निरुत्साहित पार्ने गर्छन् ।
हिजो सोमबार उनीहरुले फाइल नै लुकाएर हिँडेपछि सो घटना सहायक प्रमुख जिल्ला अधिकारीहरू अनिल पौडेल र मुक्तिराम रिजाल पनि अचम्मित भएका थिए । स्वतः हुने र मिलाउँदा मिलाउने काम समेत तिललाई पहाड बनाएर पन्छाउने काम नागरिकता फाँटका धमिरा कर्मचारीबाट हुने गरेको पाइन्छ । झण्डै एक हप्ता लामो सूक्ष्म निगरानीका क्रममा थुप्रै धमिरा कर्मचारीबाट भएका गलत क्रियाकलाप एवं सेवा लिन आएका सेवाग्राहीको गुनासो हाम्रा सम्वाददाताले फेला पारेका छन् । त्यसको अनुसन्धान पनि हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार