नेपाल र चीनको परराष्ट्र मन्त्रालयले भने, प्रधानमन्त्रीको चीन भ्रमणको सबै तयारी सकियो, कत्रो छ टोली ?
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १३:४३:२३
१४ मंसिर, काठमाडौं । परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक तयारी सकिएको जानकारी दिएका छन् । शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गर्दै तयारी सकिएको जानकारी दिएका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली मंसिर १७–२१ (डिसेम्बर २ देखि ५ सम्म) का लागि चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने समय पनि तय भएको छ । चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ताको समय मिलाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन् । चिनियाँ विदेश मन्त्रालयले त्यहाँका प्रवक्ता माओ निङले ‘राज्य परिषदका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने’ घोषणा गरेको भनी विज्ञप्ति जारी गरेको छ । प्रधानमन्त्रीसँग जम्बो सरकारी टोली बेइजिङ जानेछ ।
भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का छन् । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पदमसुन्दर जोशी छन् ।
भ्रमण दलमा ९ जना सांसदहरू पनि परेका छन् । अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला र रञ्जिता श्रेष्ठ रहेका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश वज्राचार्य, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद ढकाल, सोही महाशाखाका उपसचिव मणिरत्न शर्मा भ्रमण टोलीमा छन् ।
यस्तै प्रधानमन्त्रीका निजी सचिव उदय पोखरेल, परराष्ट्रमन्त्रीका निजी सचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व एसिया महाशाखाका अधिकृत जानकी ओझा र सुजन लामिछाने, शिष्टाचार सहायक विनोद खनाल पनि छन् । प्रधानमन्त्रीको भ्रमण दलमा निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्री डा. राणाकी निजी सहयोगी अनिता सिंह, प्रधानमन्त्रीका सुरक्षा अधिकृत इन्स्पेक्टर माधव केसी, राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका वरिष्ठ सहायक क्यामेरापर्सन प्रद्युम्न ढुंगाना, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल आदि छन् ।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नेपाल आयात उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेय र नेपाल कुटिर एवं साना उद्योग संघका अध्यक्ष उमेशप्रसाद सिंह छन् ।
प्रतिनिधिमण्डलमा सामेल भएर जाने बाहेक बेइजिङस्थित नेपाली राजदूतावासबाट नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरू पनि भ्रमण दलमा सामेल हुनेछन् । प्रधानमन्त्री ओली १७ मंसिरमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार