शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १०:८:५०
१७ मङ्सिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मालम्बी ‘लामा’ हरु गुफा (कुन्छाम्) बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा यही मङ्सिर २६ गतेदेखि करिव तीन सय लामाहरु गुफा बस्न लागेका हुन् ।
विषेशगरी शान्ति र अहिंसा प्रार्थनाका लागि लामाहरु डेढ महिना गुफा बस्न लागेको घेदुङले जनाएको छ । गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट लामा आउनुहुने घेदुङका अध्यक्ष वीरबहादुर वाईवा बताए । उनका अनुसार ताल्ढुङ्गामा मङ्सिर २६ गते गुफा कार्यक्रमअन्तर्गत उद्घाटन भएसँगै भोलिपल्ट लामागुरू खेन्पो सेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ ।
शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने जनाइएको छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला–सँस्कृतिको संरक्षण, सम्बद्र्धन र विकाससँगै समस्त लामाको हक–हीत, भाषा, लिपी, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो, एकरुपता र सरल पार्ने विषयमा बृहत छलफल हुने जनाइएको छ ।
“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइवाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १५ खर्च हुने आयोजकले जनाएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । उनका अनुसार खानीखोलालाई धार्मिक–पर्यटनको रुपमा विकास गर्नसमेत गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल टीम इन्डियाका निकै महत्त्वपूर्ण
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण, ४० मिनेट होल्ड भए जहाज
मंसिर १७, २०८१ सोमबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार