रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार ९:५७:५५
१८ मङ्सिर, मस्को । रुसी संसदको डुमाले सन् २०२५ को लागि १२६ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ। जुन रूसको कुल सरकारी खर्चको ३२.५ प्रतिशत हो । सीएनएनका अनुसार यो रकम गत वर्षको रक्षा बजेटभन्दा २८ अर्ब डलर बढी हो ।
यो नयाँ तीन वर्षीय बजेटले सन् २०२६ र २०२७ को लागि सैन्य खर्चमा पनि थोरै कटौती गर्ने अनुमान गरेको छ। डुमाका दुवै सदनबाट बजेट स्वीकृत भएको भइसकेको छ ।
रुसले विगत दुई वर्षदेखि लगातार आफ्नो रक्षा बजेट बढाउँदै आएको छ । यसको असर रुसी अर्थतन्त्रमा पनि परेको छ । देशमा मुद्रास्फीति निकै उच्च छ र कम्पनीहरूले श्रमिक अभावको सामना गरिरहेका छन्। स्थिति नियन्त्रण गर्न रूसी केन्द्रीय बैंकले अक्टोबरमा ब्याज दर बढाएर २१ प्रतिशतमा पुरयाएको थियो, जुन दस वर्षकै उच्चतम हो ।
युद्धका कारण रुसको अर्थतन्त्र र जनसंख्यामा लगातार दबाब बढिरहेको छ । युक्रेनभन्दा ठूलो जनसङ्ख्या भए पनि रुसले नयाँ सैनिक भर्ती गर्न कठिनाइको सामना गरिरहेको छ ।
अर्कोतर्फ युक्रेनले पश्चिमी मुलुकबाट निरन्तर आर्थिक र रणनीतिक सहयोग पाइरहेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले सोमबार युक्रेनलाई करिब ६८४ मिलियन डलर बराबरको सैन्य उपकरण उपलब्ध गराउने घोषणा गरेका छन् ।
यो रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपमा सबैभन्दा ठूलो द्वन्द्व हो । मस्कोसँग धेरै मोर्चाहरूमा फाइदा छ, तर अगस्टमा युक्रेनले कुर्स्कमा अचानक आक्रमण गर्यो र रूसको ठूलो क्षेत्र कब्जा गर्यो।
तर, अहिले रुसले युक्रेनी कब्जाबाट ४० प्रतिशत जमिन फिर्ता लिएको छ । दुवैले एकअर्कालाई घातक मिसाइलले आक्रमण गरिरहेका छन् । युक्रेनले बेलायतबाट ल्याएको स्टर्म स्याडो मिसाइलले आक्रमण गर्दा रुसले ब्यालेस्टिक मिसाइलले जवाफ दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार