१७.८० अंकले बढेर २७७५ विन्दुमा पुग्यो नेप्से, कारोबार भने घटेर ८ अर्ब ५२ करोडमा सीमित
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १६:९:१५
१८ मंसिर, काठमाडौं । मंगलबार शेयरबजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५२ करोडमा सीमित रह्यो ।
आज विभिन्न ३०७ कम्पनीका १ करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भए । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको छ भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी अपर स्यांगे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढिरहेको विशाल बजार कम्पनीको यस दिन ६.४ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको छ । जानाकी फाइनान्सको ६.१, गुराँस लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे ।
४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
हेटौंडामा शौचालयमा लडेर युवकको मृत्यु
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
हेटौंडा अस्पतालमा विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
मंसिर १९, २०८१ बुधबार
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
मंसिर १९, २०८१ बुधबार
स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा राष्ट्रपतिको राजीनामा माग गर्दै देशभर हडतालको आह्वान
मंसिर १९, २०८१ बुधबार