आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १७:२:५१
१८ मंसिर, चितवन । सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा बयानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजका लागि सकिएको छ । भोलि पनि उनको बयान लिइनेछ । मंगलबारको बयान सकेर प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा फर्काएको छ ।
आजबाट सुरु भएको रविको बयान भोलि पनि जारी रहने सरकारी वकिलको कार्यालयले जनाएको छ । मंगलबार उनीसँग जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहबरमा बयान लिइएको थियो । बुद्ध एयरको जहाजबाट आज बिहान मात्र उनलाई चितवन ल्याइएको थियो । साहारा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि चितवन ल्याइएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा भोलि पनि चल्नेछ ।
लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको थियो । तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक रविलाई साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पूरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।
सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज बयानको लागि चितवन ल्याइएको हो । काठमाडौँमा बयानको क्रममा उपस्थित उनलाई पक्राउ गरिएको जिल्ला पोखरा नलगी सिधै चितवन ल्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहरा चितवन सहकारीको रकम अपचलन सम्बन्धमा सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
मंसिर १९, २०८१ बुधबार
हेटौंडामा शौचालयमा लडेर युवकको मृत्यु
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
हेटौंडा अस्पतालमा विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
मंसिर १९, २०८१ बुधबार
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
मंसिर १९, २०८१ बुधबार
स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
मंसिर १९, २०८१ बुधबार