यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १८:३१:३
१८ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विकेट गुमाएर एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो ।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ÷नौ तथा सन्तोेष यादवले सात रन बनाए । नेपालले १२ अतिरिक्त रन प्राप्त गर्यो ।
बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले तीन÷तीन तथा अब्दुल अजिज र महबूब खानले एक/एक विकेट लिए । यसअघि अफगानिस्तानका लागि एक सय २३ रन बनाउने क्रममा फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५ रन जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले तीन तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । दुवै टोली एसिया कपबाट बाहिरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा आज कर्णाली र काठमाडौं तथा विराटनगर र लुम्बनीबिच प्रतिस्पर्धा हुने
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
बीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
मंसिर १९, २०८१ बुधबार
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
मंसिर १९, २०८१ बुधबार
हेटौंडामा शौचालयमा लडेर युवकको मृत्यु
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
हेटौंडा अस्पतालमा विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
मंसिर १९, २०८१ बुधबार