रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार २०:१०:५०
१८ मंसिर, धनुषा । रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ । करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो ।
जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।
यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गरेका थिए । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गरे।
उनले भने, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ । यो हाम्रा लागि विशेष शौभाग्य हो । जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताए ।
जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ । केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ । विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।
सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, भगवान् श्रीरामले कसैले हल्लाउन नसकेको शिव धनुष तीन टुक्रा पारेपछि माता सीतासँग विवाह निश्चित भएको थियो । मटिहानीमा लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले मटिहानीमा जन्तीको स्वागत गरेका थिए।
भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती आज जनकपुरधाम पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीमा गोली चलाएर प्रहरीले लियो ६४१ किलो गाँजा नियन्त्रणमा
मंसिर १९, २०८१ बुधबार
मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीको चीनलाई अनुरोध
मंसिर १९, २०८१ बुधबार
कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार
गहुँबालीको हरियाली दृश्य
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा गोली चलाएर प्रहरीले लियो ६४१ किलो गाँजा नियन्त्रणमा
मंसिर १९, २०८१ बुधबार
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार