दक्षिण कोरियामा राष्ट्रपतिको राजीनामा माग गर्दै देशभर हडतालको आह्वान
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार ८:४६:४३
१९ मङ्सिर, सियोल । दक्षिण कोरियाको सबैभन्दा ठूलो ट्रेड युनियन संगठनले राष्ट्रपति युन सुक एलको राजीनामा माग गर्दै हडताल आह्वान गरेको छ। १० लाख भन्दा बढी सदस्य भएको ट्रेड युनियनले युनले राजीनामा नगरेसम्म हडतालको आह्वान गरेको हो ।
दक्षिण कोरियाको सबैभन्दा ठूलो श्रम युनियनहरू मध्ये एक – कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियनले आफ्ना सदस्यहरूलाई राष्ट्रपति युन सुक योलले राजीनामा नगरेसम्म हडतालमा उत्रन आह्वान गरेको छ।
फेसबुकमा एक पोस्ट गर्दै युनियनले युनको छोटो अवधिको 'मार्सल ल'को घोषणालाई विद्रोहको अपराध भनेर वर्णन गरेको छ, जबकि यस कदमको विरोध गर्न आफ्ना १० लाख भन्दा बढी सदस्यहरूलाई सियोल र अन्य क्षेत्रीय स्थानहरूमा भेला हुन आह्वान गरेको छ। ।
युन सुक–योलले आफ्नो राजनीतिक जीवन विस्तार गर्न 'मार्सल ल' को तर्कहीन र अप्रजातान्त्रिक विधिलाई छनोट गरेका छन् किनभने उनी किनारमा धकेलिएका छन्, समूहले यसअघि एक विज्ञप्तिमा भनेको थियो।
जनताले यसलाई माफ गर्दैनन्। उनीहरूले मार्सल ल घोषणा गर्ने शासनको नियति सम्झन्छन्, सो संगठनले भनेको छ। राष्ट्रपतिले लगाएको मार्सल ल त्यहाँको संसदले केही बेरमा नै खारेज गरिदिएको थियो ।
संसदको १९०-० मतले राष्ट्रपतिको कदम खारेज भए पछि उनले मध्यरातमा आफ्नो सो कदम फिर्ता लिएको घोषणा गरेका त छन् तर विपक्षीसहित देशका अन्य संगठनले राजीनामा दिनु पर्ने माग गरेका छन्। संसदले उनको कदममा बन्देज लगाए पछि उनी सार्वजनिक स्थलमा देखिएका छैनन्। आजको सबै कार्यक्रम रद्द भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
एप्पलमाथि आफ्ना कर्मचारीको जासुसी गरेको आरोप, कर्मचारीले नै हाले मुद्दा
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा
मंसिर १९, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन सुरु गरिने
मंसिर १९, २०८१ बुधबार
विदेशी पर्यटकले मुक्तिनाथ विकासमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने
मंसिर १९, २०८१ बुधबार
पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ: सभापति देउवा
मंसिर १९, २०८१ बुधबार