पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन्, “चौका भन्दा छक्का हान्न मनपर्छ”
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १४:२१:३८
१९ मंसिर काठमाडाैँ : नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजका कप्तान करण केसिले आफूलाई चौका भन्दा छक्का हान्न मन पर्ने बताएका छन् ।
पहिलो खेलमा बलियो टीमलाई पराजित गर्दै जीत हात पारेपछि उत्साहित भएका केसीले यस्तो बताएका हुन् । बुधबार कर्णाली याक्सविरूद्ध ३ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
खेलपछि उनले खेल अघि बढाउन आत्मविश्वास रहेको बताउँदै पाएको बलमा छक्का हान्ने योजना रहेको बताएका छन् । “मेरो खेल नै यस्तै हो। चौकाभन्दा पनि छक्का हान्न मनपर्छ,’ करणले भने, ‘खेललाई अघि बढाउन सक्छु भन्ने आत्मविश्वास थियो,मेरो जोनमा बल आयो भने म खेल पूरा गर्न सक्छु भन्ने आत्मविश्वासले ब्याटिङ गरेँ”’
उनले सुमित महर्जनको ब्याटिङको पनि तारिफ गरेका छन् । खेलको प्लेयर अफ दि म्याच बनेका सुमितले नटआउट ४० रन जोड्दा काठमाडौंले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो।
‘उसले पछिल्लो समय लगातार खेलिरहेको छ। त्यसैले उसले खेललाई अघि बढाउन सक्छ भन्ने आत्मविश्वास थियो। अझ सुमित सेट पनि भइसकेको थियो,’ करणले भने, ‘उसले परिपक्व इनिङ्ग्स खेल्यो।’
गेरार्ल्ड इरासमसको इनिङ्ग्सका कारण पनि काठमाडौंलाई फाइदा पुगेको उनले बताए। इरासमसले २८ बलमा ३८ रन जोडे।
सुरूआतमा राम्रो गर्न नसके पनि मिडल अडरमा ब्याट्सम्यानले राम्रो खेल्दा पहिलो जित निकालेको उनको भनाइ छ। आफ्नो टोली ब्याटिङ र बलिङ राम्रो भएको बताउदै उनले टोलीलाई चाहिएको लय कर्णाली विरूद्धको जितले प्राप्त भएको बताएका हुन् ।
बलिङमा पनि सुरुआतमा राम्रो गरे पनि पछिल्ला ओभरमा केही गल्ती भएको उनको भनाइ छ।काठमाडौं विरूद्ध पहिले ब्याटिङ गरेको कर्णालीले भारतीय ब्याटर शिखर धवनको ७२ रनको मद्दतमा १४९ रन जोडेको थियो। करणले धवनको ब्याटिङको पनि प्रशंसा गरे।
‘मैदान गएपछि सबै खेलाडी एकै हुन्। जसले राम्रो खेल्छ, उसले जित्ने हो,’ उनले भने, ‘धवन अनुभवी खेलाडी हुन्। उनी १४-१५ ओभर सम्म खेलमा बसिरहे। त्यसपछि उनले अनुभवले एकदमै राम्रो ब्याटिङ गरे।’
अन्तिम तीन बल बाँकी छँदा १५० रनको लक्ष्य पूरा गरेको काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन प्रहार गर्दै आफ्नो टोलीलाई जित नजिक पुर्याएका थिए। उनले खेलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए।
१९ औं ओभरको अन्तिम बलमा उनी छक्का प्रहार गर्ने क्रममा आउट भएका थिए। कर्णालीका कप्तान सोमपाल कामीको बलमा छक्का प्रहार गर्ने क्रममा देव खनालले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
मंसिर १९, २०८१ बुधबार
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार