वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमति
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १६:२२:८
१९ मंसिर, वीरगञ्ज । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी सानो पाइला सहकारी ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पर्सा प्रहरीले रवि विरुद्ध पक्राउ अनुमति लिएको हो ।
वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न अदालतसँग अनुमति मागेको थियो । रविसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशीलगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो । जीबी राईको समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौं रकम गोर्खा मिडियामा गएको थियो ।
लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । लामिछानेलाई अहिले चितवनमा नै राखिएको छ । बयान सकेर पोखरा वा पर्सा लाने भन्ने निर्णय भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
साहरा चितवन सहकारीको रकम अपचलन सम्बन्धमा सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार