छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार २०:१:२७
१९ मङ्सिर, बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । करेन्ट लागेर हेटौंडा उपमहानगरपालिका–११ गोल्पीङटार निवासी ५८ वर्षीय मन्ताज मियाँको मृत्यु भएको छ ।
आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकभन्दा पारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । यस्तै हेटौँडा–सिन्धुली–धरान सडकखण्डअन्तर्गत हेटौँडास्थित खोल्सामा यात्रुवाहक बस खसेर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरको बा५ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट देखि करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । खोल्सामा बस खसेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल पठाइएको उनले बताए ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित भिआइपी चोकमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५३४४ नम्बरको बसले बा ९२प ३०५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ पेन्चे निवासी २७ वर्षीय अमर थिङ र पछाडि सवार २१ वर्षीय नवीन तितुङ घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । घाइते दुवैको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार