कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार २१:५५:८
१९ मङ्सिर, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन् । कीर्तिपुरमा आज आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिक रूपमा देशलाई नै सन्देश दिएको बताए।
“राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ । राजनीतिक रूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन् सुदृढ हुँदैछ भन्ने सन्देश गएको छ”, उनले भने, “नगर प्रमुख र दुई वटा वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।”
कांग्रेसका पूर्वमहामन्त्री सिंहले कीर्तिपुरमा प्रमुखका लागि ११ जना रहे पनि पार्टीले उम्मेदवारको निर्णय गरेपछि सबै एकताबद्ध भएर लाग्दा परिणाम पार्टीका पक्षमा आएको भन्दै कांग्रेस एकताबद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडल नै स्थापित भएको उनको भनाइ थियो ।
त्यस्तै, उनले पार्टीमा सङ्गठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डङ्गोल भएको बताए । “सङ्गठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको सङ्गठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ”, उनले भने। कार्यवाहक प्रधानमन्त्री सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरूलाई सम्बोधन गर्नेगरी काम गर्न सुझाव पनि दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ: सभापति देउवा
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमति
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार