बेलायती दरबारमा अमेरिकी ट्वाइलेट, सर्वसाधारणले पनि सुनको चर्पी प्रयोग गर्न पाउने
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १३:५५:३६
काठमाडौं । बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट (कमोड) जडान गरिने भएको छ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट (चर्पी) जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बन्ने छ ।
इटालियन कलाकार मौरिजो क्याटिलेनले सो ट्वाइलेटको निर्माण गरेका हुनु । उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो ट्वाइलेट जडान गर्न लागिएको हो । उनको एकल कला प्रदर्शनीमा अन्य विभिन्न कलाकृति समेत रहने भएतापनि सुनको ट्वाइलेट सबैभन्दा विशेष रहने भएकोछ । यो सुनको ट्वाइलेटको नाम अमेरिका हो ।
स्मरण रहोस् अक्सफोर्ड शायरस्थित ब्लेनहाइम दरबार विंस्टन चर्चिल जन्मिएको घर हो । ब्लेनहाइम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलका अनुसार उक्त सुनको ट्वाइलेटको सुरक्षाका लागि पर्याप्त बन्दोबस्ती गरिनेछ ।
समाचार अनुसार आम सर्वसाधारणले पनि सो ट्वाइलेटको उपयोग गर्न पाउनेछन् । सुनको ट्वाइलेट प्रयोग गर्नका लागि पहिले ने बुकिंग गर्नुपर्ने हुन सक्दछ ।
उक्त सुनको ट्वाइलेट यसअघि एकपटक तब चर्चामा आएको थियो जब सन् २०१७ मा न्युयोर्कको गुगेनहाइम संग्राहलयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यो ट्वाइलेट उपहार दिने बताएको थियो । त्यसबेला गुगेनहाइममा क्याटिलेनको कला प्रदर्शनी चलिरहेको थियो र त्यो सुनको ट्वाइलेट पनि राखिएको थियो । ट्रम्पले भ्यान गगको पेन्टिङ्ग मागेका थिए र त्यसको जवाफमा संग्राहलयले सुनको कमोड दिने बताएको थियो । तर त्यो त्यत्तिके टर्यो ।
ब्लेनहाइम दरबार युनेस्कोको विश्व सम्पदा सूचीमा पनि रहेको छ । त्यसैले त्यहाँ जडान हुने सुनको ट्वाइलेट पनि त्यहाँको निकै महत्वपूर्ण हिस्सा बन्नेछ ।
सुनको ट्वाइलेट जडान गरिने कला प्रदर्शनी आगामी अक्टोबर महिनामा ब्लेनहाइम दरबारमा हुनेछ । एजेन्सीको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार