‘मन्त्री ज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार २१:१:७
२१ मङ्सिर, ललितपुर । “मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थी भने । जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रसंशा गरे । “तपाईंहरुजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैँ ऊर्जावान् महसुस गरिरहेको छु”, उनले भने ।
मन्त्री गुरुङको प्रशंसाले हर्षित विद्यार्थी सक्षम सिलवालले भने, “उनले प्रसंशा गरेपछि हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ ।” सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरर्स भल्ग्स्ले आजदेखि आयोजना गरेको तीनदिने ‘अर्विट इन्जिनियरिङ एक्स्पो टु प्वाइन्ट जिरो’को उद्घाटन र अवलोकन गरेका मन्त्री गुरुङले विद्यार्थीलाई हौसला दिनुका साथै सूचना प्रविधि क्षेत्रमा युवा पुस्ताले गर्नसक्ने सम्भावनाको समेत उजागर गरे।
मन्त्री गुरुङले मन्त्रालय र सरकारले सूचना प्रविधिको विकासका लागि के कस्ता कार्ययोजना बनाउँदै छ भन्नेबारे जानकारी दिए । उनले एक महिनाभित्र आर्टिफिसियल इन्जेलिजेन्स (एआई) प्रविधिबारे प्रभावकारी नीति ल्याउने तयारी भइरहेको बताउँदै सूचना प्रविधिको उपयोगमार्फत कृषि, पर्यटन, अर्थतन्त्रलगायत क्षेत्रमा लाभ पु¥याउने सरकारको आगामी रणनीति रहेको बताए ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले इन्जिनियरिङ कलेजका विद्यार्थीलाई हौसला प्रदान गर्न उहाँहरुले सिर्जना गरेका कार्यको प्रत्यक्ष अवलोकन गरेर सुझाव दिए । उनले अबको युग सूचना तथा प्रविधिको युग भएको बताउँदै युवाले यही क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्नसक्ने सम्भावना प्रसस्त रहेको जनाए ।
“एआइसम्बन्धी नीति अझै बन्न सकेको छैन”, उनले भने, “यो क्षेत्रमा अवसरसँगै चुनौती पनि प्रशस्त छन् । तर, यसलाई सही सदुपयोग गर्न जाने देशको अर्थतन्त्रमा ठूलो लाभ उठाउन सकिन्छ ।”
नेपाललाई आइटी हब बनाएर सबै क्षेत्रका आइटी सर्जकलाई एकै थलोमा काम गर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको मन्त्री गुरुङले उल्लेख गरे । यसका लागि मन्त्रालयले आइटी सेन्टर निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको उनको भनाइ थियो । “आइटीमा विकास प्रशस्त सम्भावना छ”, उनले भने, “हामीले यसका लागि आवश्यक नीति र रणनीति बनाएर अघि बढ्ने तयारी गरिरहेका छौँ ।” उनले एक्स्पोमा युवापुस्ताले गरेका कामहरु व्यवहारमा समेत लागू गराउन सुझाव दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार