नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १६:२६:४६
२४ मंसिर, काठमाडौं । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ ।
यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार