पाँचखालमा खेतबारी खनजोत गर्दा लिच्छवीकालीन सामान भेटियो
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १६:२२:३०
काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए ।
गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले जानकारी दिए । उनका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशुवर्माको दरबार तथा रानीपोखरी लगायतका संरचना थिए । “बूढापाकाले पाँचखाल ऐतिहासिक स्थान भन्नु र खेतबारी खनजोत गर्दा पुराना सामग्री भेटिनुले यहाँको सम्पदा जोगाउन पुरातत्व विभागसँग आग्रह गरेका हौँ ।”
पुरातत्व विभागका उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले यही महीनाबाट पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन शुरु गरिने बताए । उनले भने, “प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री भेटिएका छन्, जो लिच्छवीकालीन नै हुन्, स्थानीयको माग तथा विज्ञको सुझावअनुसार हामी यही महिनाबाट थप अध्ययन एवं उत्खनन कार्य सुरु गर्नेछौँ ।” उनका अनुसार उक्त स्थानमा थप अध्ययन एवं उत्खनन गर्ने विज्ञ टोली तथा कागजात व्यवस्थापन गरिँदैछ ।
विभागले गत चैत अन्तिम साता उत्खनन विज्ञ उद्धव आचार्यसहितको एक टोलीले पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो । आचार्यले भने, “जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छवीकालीन हुन्, हामीले विभागलाई पाँचखालका सम्पदा थप अध्ययन एवं उत्खनन गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।
पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा थिए र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको भन्ने कुरा बूढापाकाले गर्दै आएको स्थानीय सूर्यप्रसाद भेटवालले बताए । उनले हाल खेतका गरा खन्ने क्रममा २६ इञ्चको पूरानो गारो समेत भेटिएको जानकारी दिए ।
भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । भोगिनी पाली भाषा रहेको विज्ञ आचार्यले बताए । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले खेतीपाती गर्दै आएका छन् । स्थानीयले पाँचखाल क्षेत्रमा ऐतिहासिक सम्पदा सुरक्षाको ध्यानाकर्षण गराउन नगरपालिका प्रमुख महेश खरेललाई भेटिएको सिक्का तथा सामग्री हस्तान्तरण गरेका छन् । खरेलले सरोकारवाला निकायसँग समन्वय गरी सम्पदा संरक्षणमा लाग्ने बताए।
दुर्घटनामा एकको मृत्यु
तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल गाउँपालिका–२ सस्र्यूखर्कका २० वर्षीय सुनिल लामाको मृत्यु भएको हो । घाइते लामालाई उपचारार्थ धुलिखेल अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । राजकुमार पराजुलीको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार