थाइल्याण्ड, म्यानमार लगायतका देशमा जाने नेपालीका लागि सरकारले जारी गर्यो ट्राभल एडभाइजरी
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार १७:२:०
८ पुस, काठमाडौं । सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । यी देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको हो । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना ( ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको छ । मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठुलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने/गराउने कार्य कानुन बमोजिम दण्डनीय भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
मन्त्रालयले प्रायः सामाजिक सन्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन पनि सबैलाई अपील गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार