हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार २१:४८:५७
२६ पुस, खोटाङ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको छ । नगरसभाबाट पारित बदाम प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरूको गाउँमै लगेर प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको हो ।
पहिलो चरणमा नगरपालिकाको वडा नं २ डिकुवा र वडा नं ८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रवीन भट्टराईले जानकारी दिए । कृषि शाखा प्रमुख भट्टराईका अनुसार धितुङका ९८ जना किसानलाई रू तीन लाख ९४ हजार र डिकुवाका छ जना किसानलाई रू २१ हजार प्रोत्साहनबापतको रकम वितरण गरिएको हो ।
यस वर्ष धितुङका ९८ जना किसानले नौ सय ९७ मुरी र डिकुवाका छ जना किसानले ५० मुरी बदाम उत्पादन गरेको नगरपालिकाले जनाएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा यो वर्ष दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए ।
रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्ने नगरपालिकाको नीतिअनुसार बदाम उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन रकम वितरण सुरू गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । “प्रोत्साहन रकमका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनको आधारमा कृषिका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाएको पाइए त्यसका आधारमा प्रोत्साहन रकम दिइन्छ”, उनले भने, “पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रतिमुरी रू रू तीन सयका दरले रू दुई हजार पाँच सय र त्यसभन्दामाथि फलाउनेलाई प्रतिमुरी रू तीन सयका दरले प्रोत्साहन रकम वितरण सुरू गरिएको छ । यो अभियानले किसान उत्साहित भएका छन् ।”
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, ७ महादेवस्थान, ५ दुर्छिम, ११ राजापानीमा प्रोत्साहन रकम वितरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्र उत्पादन हुने बदाम खेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।
नगरपालिकाको अधिकांश भू–भागमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन् । “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्रान्डिङ गर्ने योजना छ ।
अहिले व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजाने गरेका छन्”, उनले भनिन्, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०÷८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”
हलेसीका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् ।
नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रू ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार