समावेशी आरक्षणको परिणामबारे त्रैमासिक विवरण उपलब्ध गराउन निर्देशन
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २२:७:४४
काठमाडौँ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिले विभिन्न जातजाति पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, कर्णाली तथा आर्थिकरुपमा विपन्नलगायतको हकहित संरक्षणसम्बन्धी विषयमा सूक्ष्म ढङ्गबाट अध्ययन गरी विभिन्न क्रियाकलाप तथा गतिविधि त्रैमासिकरुपमा समितिलाई लिखित जानकारी गराउनसमेत आयोगलाई निर्देशन दिएको छ ।
“आयोगको कार्य क्षेत्र, स्थानीय तह, प्रदेश तह एवं सङ्घसँग सम्बन्धित रहेको सन्दर्भमा आयोगले आफ्नो कार्यलाई कसरी व्यवस्थित एवं प्रभावकारी रुपमा सम्पादन गर्ने रणनीति बनाएको छ, विस्तृत वितरण समितिलाई उपलब्ध गराउन समिति निर्देश गर्दछ”, समितिका सभापति निरुदेवी पालले बताइन् ।
आयोगको भौतिक संरचना, जनशक्तिलगायत स्रोत साधनको अभाव र कार्य सम्पादनलाई गति दिन आवश्यक बजेटको व्यवस्था गर्न समितिले अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । सोही अवसरमा समितिका सदस्य हीरा गुरुङ, गङ्गा चौधरी र लक्ष्मी परियारलगायतले प्राथमिकताको आधारमा काम गर्न आयोगलाई सुझाव िदएका छन् ।
आयोगका अध्यक्ष शान्तराज सुवेदीले अहिले आयोगले व्यवस्थापनसँगै खस आर्य र पिछडा वर्गको अध्ययन कार्यलाई अगाडि बढाएको जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार