सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत हुन्छ : अध्यक्ष दाहाल
इन्द्र रिजाल
बैशाख २७, २०७६ शनिबार १:४४:४४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन् ।
खड्गी समाजद्वारा आज वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई दरिलो बनाउन सकिने बताए । उनले भने, “‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर मात्र राष्ट्रिय एकता मजबुत हुन्छ ।”
अध्यक्ष दाहालले सबैले आ–आफ्नो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने बताए ।
सबै जात, जाति, भाषा, भाषीको पहिचानलाई माथि उठाउन विगतमा भएका आन्दोलनले ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै उनले खड्गी सेवा समितिले आफ्नो संस्कृतिलाई सम्बद्र्धन गर्दै अघि बढ्दा यस समुदायको पहिचान राष्ट्रिय रुपमा स्थापित भएको बताए ।
मुलुकको सबै उत्पिडित वर्ग तथा समुदायको पहिचान र अधिकार स्थापित गराउन आफूले निकै ठूलो सङ्घर्ष गरेको उल्लेख गर्दै उनले खड्गी समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष दाहालले भने, “तपाईँहरुको सम्मान, पहिचान र अधिकार स्थापित गर्ने लडाईँमा आफू सधैँ तपाईंँहरुसँगै रहने छु ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार