पहाड–मधेश सद्भावको सेतुः मिता आब कोना चलब
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १७:२९:३४
काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ ।
वैशाख २० गतेदेखि आगामी जेठ पाँच गतेसम्म नाटक मञ्चन हुने निदेशक कामतले बताएका छन्। ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पारेकाे ट,’ कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनः कायम भयो, यही विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको छ।’
साथै ‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए। मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने? नाटकमा सामान्य कृषि कर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ।
पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ। नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ। निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने
पुष २२, २०८१ सोमबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार