आज देशैभर कहाँ के भयो ? घटना–दुर्घटनाबारे थाहा पाउनुस्
इन्द्र रिजाल
जेठ ३, २०७६ शनिबार ०:५६:१९
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सेवामा समर्पित हुनुपर्ने हरेक प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।
महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको शुक्रबार आकस्मिक निरीक्षण पछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
हरेक सेवाग्राहीलाई छिटोछिटो सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुने गरी उत्कृष्ट काम गर्नुपर्छ ।” सामान्य नागरिकलाई सद्व्यवहार गर्न र अपराधविरुद्ध कानुनी कठोरता अपनाउनुपर्नेमा उनले जोड दिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमका मूल्य मान्यता अनुरुप सेवाग्राहीलाई त्यसको उपादेयता महसुस हुने गरी काम गर्न निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले समुदायसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समेत बताए ।
प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त वृत्तको निरीक्षण गर्नुका साथै त्यहाँबाट भएका कामकारवाहीबारे जानकारी समेत लिएका थिए ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले सामाजिक संजालको दुरुपयोगले सामाजिक विकृति तथा आपराधिक गतिविधि बढेको चर्चा गर्दै यस्ता विकृति हटाउनका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए । अपराधको प्रवृत्ति परिवर्तन भइरहेको सन्दर्भमा यस्ता अपराध नियन्त्रण गर्न समुदायको पनि सहयोग प्राप्त भएमा थप सफलता हासिल गर्न सकिने समेत उनले उल्लेख गरे।
शुक्रबार सम्पन्न भएकामध्ये महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र नक्साल, कालोपुल र टुँडालदेवीको संयुक्त आयोजनामा नक्सालस्थित अमरपाली बैङ्केटमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजमा भइरहेका अपराध र न्यूनिकरणका उपाय लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
यसैगरी समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत कपनस्थित त्रि-ज्योति माविमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ । त्रि(ज्योती मावि प्रहरी–विद्यालय सम्पर्क समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी नेपाल पुलिस क्लब भृकुटीमण्डपमा लैङ्गिक हिंसा र समाधानको उपायहरु विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा नियन्त्रण संजालको आयोजना र विश्वास नेपालको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अवैध लागूऔषध गाँजा तथा चरेश बरामद
पर्सा, पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाबाट अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
सोही स्थानका केही घरहरुमा लागूऔषध गाँजा र चरेश लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा फुसन माझीको घरबाट लागूऔषध गाँजा १५ किलो, चरेश ५ किलो र उनको घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा रहेको नालाबाट लागूऔषध गाँजा २ सय ६८ किलो समेत फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याङकरले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका-२२ सुन्धारा काठमाडौं मलस्थित ना.२ ख ४२२२ नम्बरको पानी बोक्ने ट्याङकरले शुक्रबार बिहान बा.३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार २३ वर्षीया सुनिता केसीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ की आत्मा घिमिरेको काठमाडौं महानगरपालिका(६ सरस्वतीनगरस्थित मोडल ट्रान्सफर्मेसन मोबाइल हाउसबाट शुक्रबार बिहान करिब ४ लाख २० हजार रुपैयाँ बराबरको बिभिन्न कम्पनीका २१ थान मोबाइल चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बाग्लुङ, तमानखोला गाउँपालिका–१ रिक्लाङ बस्ने ४१ वर्षिय तेजब घर्तीको घरमा बिद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सरसामान जलेर करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, सभापोखरी गाउँपालिका(१ धुपु गैरीगाउँ बस्ने गायत्री प्रसाद चापागाईको मतान घरमा वस्तुलाई खोले पकाउने क्रममा शुक्रबार बिहान आगलागी हुँदा घर, काठ पात तथा पराल समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न हातहतियार सहित पक्राउ
रुपन्देही, सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियाबाट भारत महाराजगंज फरेना बस्ने ५० वर्षीय झिनक धोवीलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा नाकामा भारतीय मूलका मानिसहरुले अवैध रुपमा साना हातहतियार लिई नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा आएका उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा सीमा पारीबाट तत्काल अज्ञात समूह नेपाल प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्दै डिउटीमा खटिएको प्रहरीलाई आक्रमण गर्नुका साथै हतियार खोस्न खोजेको र सीमा पारीबाट फायर समेत गरेकाले प्रहरीले जवाफी फायर गर्दा भारत महाराजगंज फरेना बस्ने करिब २२ वर्षीय दिलिप धोवी घाइते भएका थिए । तत्काल सोही समूहले आफूसँगै लिएर गएका घाइते धोवीको भारतमा उपचारको क्रममा मृत्यु भएको बुझिन आएको छ । साथै सो समूहको आक्रमणबाट डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
रोल्पा, लुङग्री गाउँपालिका–१ ऐप भन्ने स्थानबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली १४ राउण्ड, गोली ११ राउण्ड, सकेट बम १ थान र खुकुरी १ थान सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ४२ वर्षीय धन बहादुर खत्री, थवाङ गाउँपालिका–२ बस्ने ५२ वर्षीय जय बहादुर रोका र लुङग्री गाउँपालिका–२ बस्ने ४२ वर्षीय भुपेन्द्र खडका रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
पर्सा, आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका–१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
बारा, पचरौता नगरपालिका–८ लंगडाचोकस्थित सडकबाट बारागढी गाउँपालिका–३ खोपवा बस्ने ४० वर्षीय राम एकवाल चौधरी र करैयामाई गाउँपालिका–४ बस्ने ५० वर्षीय हरेन्द्र चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३४ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं कोटेश्वर र लागूऔषध व्यूरो शाखा कार्यालय पर्सा वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
संरक्षित बन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ
काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट संरक्षित बन्यजन्तु रेड पाण्डाको छाला १ थान सहित मुगु रारा नगरपालिका–१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय रुप बहादुर बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त भोजनालयमा लुकाई छिपाई झोलामा दुर्लभ मानिने रेडपाण्डाको छाला राखिएको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले जाँच गर्दा बुढालाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ
गुल्मी, आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा गुल्मीदरवार गाउँपालिका–४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी श्रृङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जमुनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अनैतिक क्रियाकलापमा संलग्न २८ जना पक्राउ
काठमाडौं, गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेण्टहरुबाट अनैतिक क्रियाकलाप संलग्न १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
साथै अनैतिक क्रियाकलाप संलग्नलाई नियन्त्रणमा लिने क्रममा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पुजा रेष्टुरेण्टका संचालक झापा शिबसतासी गाउँपालिका–८ घर भएका २९ वर्षीय सौगात क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले प्रहरीलाई नगद १८ हजार रुपैयाँ दिने खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ५ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउसो १५स्३० बजेदेखि १९स्४० बजेसम्मको सो अवधिमा कन्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये कञ्चनपुर बेलौरी नगरपालिका–७ ठुलो सिमपुरस्थित सडकमा से.१ त १०८३ नम्बरको ट्याक्टरले खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने सुन्दर प्रसाद चौधरीको १२ वर्षीय छोरा अनुकुल चौधरीको सेती अंचल अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिन्धुली कमलामाई नगरपालिका–८ सिस्नेरीस्थित बिपि राजमार्गमा ज.६ प ७४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका–१० भिमान बस्ने २७ वर्षीय युवराज चौलागाईलाई उपचारको लागि मोडल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाटइकलमा सवार मोरङ उर्लावारी नगरपालिका–९ बस्ने २८ वर्षीया जमुना श्रेष्ठको सोही अस्पतालमा उपचारको भइरहेको छ । साथै सिन्धुली फिक्कल गाउँपालिका–१ भेंडीखोरस्थित सडकमा ना.७ त २२०५ नम्बरको ट्याक्टरको ट्रेलरबाट खसेर सोही ठाउँ बस्ने नारायण बहादुर सुनुवारको ११ वर्षीय छोरा तारा बहादुर सुनुवार घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी ललितपुर बाग्मती गाउँपालिका–३ पाङदुरगैरा भट्टेडाँडास्थित सडकमा बा.४९ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–२ मल्टा बस्ने २६ वर्षीय भिम बहादुर जिम्बाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भीमका बाबु ६४ वर्षीय बीर बहादुर जिम्बालाई पाटन अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।
करिब ५ घण्टाको अवधिमा आगलागीबाट करिब ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौं, करिब ५ घण्टाको अवधिमा देशका ४ स्थानमा आगलागी हुँदा करिब ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहीबार दिउसो १४ः०० बजेदेखि २१स्०० बजेसम्मको सो अवधिमा भोजपुर, सप्तरी, बर्दिया र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।
आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये भोजपुर भोजपुर नगरपालिका–७ बस्ने बखतलाल श्रेष्ठको घरमा चुलोबाट आगो सल्किएर आगलागी हुँदा घर र सोही घरमा रहेको किराना पसल समेत जलेर करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यसैगरी सप्तरी राजगढ गाउँपालिका–१ झुट्की बस्ने जितेन्द्र यादवको गोठमा आगलागी भई उक्त आगो फैलिएर जितेन्द्र यादव समेत ५ जनाको ५ वटा गोठ र ३ वटा परालको टाल जलेर करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहा बस्ने चेप्पन गिरीको परालको टौवामा आगलागी हुँदा परालको टौवा, भान्सा घर र मोटरको पाईप जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी कपिलवस्तु यशोधरा गाउँपालिका–७ सोमडिहा बस्ने लौटन पासीको घरमा खाना बनाउने क्रममा आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार