पत्रकारलाई गोर्खे लौरी लाउने ओली सरकारको पतन निश्चित
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार २०:२३:३९
अठारौं शताब्दीको उत्तराद्र्धसम्म अमेरिकी जनताको विश्वास प्रेस जगतप्रति चरमचुलीमा थियो । मानिस बाइबलमा लेखिएको भन्दा अखबारमा छापिएको कुरा बढी पत्याउँथे । एक किसिमले भन्ने हो भने ईश्वरको दर्जा मिलेको थियो पत्रकारलाई । तर यो अवसरको केही पत्रकारले दुरुपयोग गरे ।
अमेरिकाको न्यूयोर्कबाट प्रकाशित The New York world भन्ने अखबारको स्वामित्व जोसेफ पुलित्जरले लिएपछि अमेरिकाको पत्रकारिताले नयाँ फड्को मा¥यो । सन् १८८३ मा उनले यो अखबारको सम्पादक तथा प्रकाशकको भूमिका निर्वाह गरे । अखबारलाई आकर्षक बनाउन उनले मानव रुचिका विषयलाई बढी भन्दा बढी प्रयोग गर्न थाले । यसका लागि उनले पहेंलो रंगको एल्लो किड नामक कार्टूनको प्रयोग गरे । नभन्दै उनको अखबारको लोकप्रियता ह्वात्तै बढ्यो । यसको नक्कल गर्दै अर्काे अखबार The New York Journal का सम्पादक विलियम हर्टसले पनि पहेंलो रंगकै कार्टून प्रयोग गर्न थाले ।
पत्रकारले गल्ती ग¥यो भने दण्डित गर्ने काम पाठक , स्रोता वा दर्शकले गर्छन् । जसरी अमेरिकी जनताले पत्रकारलाई वहिष्कार गरे , त्यही नियति नेपालका पत्रकारको पनि हुने हो, गल्ती गरेको अवस्थामा । आफूले आफैंलाई स्वनियन्त्रण गर्ने पेशा हो पत्रकारिता । त्यसैले अपराधीलाई गरेजस्तो व्यवहार गर्ने खोज्ने केपी ओली सरकारको रवैया त्यति निको छैन ।
पुलित्जरको लोकप्रियताको आरिस गर्ने हर्टसले भने पाठकलाई भ्रमित गर्ने खालको सामग्री प्रकाशन गर्न थाले । यसको सिको अरु अखबारले समेत गर्न थाले । पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो । आफ्नो अभिष्ट पूरा गर्ने माध्यमका रुपमा पत्रकारले अखबारको दुरुपयोग गर्ने अवस्था आयो । अनि पाठकले पत्रकार र पत्रकारितालाई हेर्ने दृष्टिकोण नै फेरियो । हिजोसम्म भगवानको दर्जा दिइएका पत्रकार अब अमेरिकी पाठकका नजरमा एकाएक राक्षसको रुपमा दरिए । हुँदा हुँदा अखबारको विश्वसनियता धुलिसात हुन पुग्यो । हजारौ प्रति बिक्री हुने अखबार मुश्किलले सयको संख्यामा बिक्री हुन थाले । त्यसपछि पत्रकारिता पेशा नै संकटमा प¥यो ।
लामो समयसम्म अमेरिकी समाजले पत्रकारिता जगतलाई दुत्का¥यो । अर्थात पत्रकारिताप्रति मानिसको विश्वास जाग्नै सकेन । त्यसपछि सन् १९२२ मा न्यूयोर्कबाट प्रकाशित हुने आधा दर्जन ठूला अखबारका सम्पादकहरुले गम्भिरतापूर्वक समीक्षा गरे । उनीहरुको निश्कर्ष थियो – पाठकको विश्वास नजितेसम्म पत्रकारिता क्षेत्रको शाख बढ्नेवाला छैन । यसका लागि सत्यतथ्यमा आधारित समाचार मात्रै प्रकाशित गर्नुपर्छ । पत्रकार र पत्रकारितालाई भगवानबाट राक्षस बनाउने स्वयं पत्रकार भएकाले आइन्दा आत्मनियन्त्रित भएर सही र यर्थाथमा आधारित समाचार मात्र प्रकाशित गर्ने निर्णय गरियो ।
यस प्रयोजनका लागि अमेरिकी सम्पादकहरुले American Society of Newspaper Editors अर्थात ASNE भन्ने संथा स्थापना गरे । लगत्तै सन् १९२३ मा छ बुँदे आचारसंहिता जारी गरे । त्यसको नाम थियो – Cannon of principle । त्यसपछि सम्पादकहरु ज्यादै सतर्क भएर काम गरे । सत्य र तथ्य विपरित कुनै समाचार प्रकाशित गरेनन् । परिणामत :- आज अमेरिकी समाजमा पत्रकारिताप्रतिको पुरानो शाख कायम भएको छ । पत्रकारिता जगत राज्यको चौथौ अंगका रुपमा स्वीकारिएको छ । राज्यका तीनवटै अंगले गल्ती वा कमजोरी गरे भने यसले निगरानीको भूमिका निर्वाह गर्ने भएकाले यसलाई Watch Dog भनिएको हो ।
माथि उल्लेखित दृष्टान्तले नेपालका सत्ताधारीहरुको ज्ञान चक्षु खुल्नु पर्ने हो । पत्रकारिता आफैंमा मर्यादित र आत्मनियन्त्रित हुने पेशा हो । लोकतान्त्रिक शासन पद्धति अपनाउने संसारका कुनै पनि मुलुकमा पत्रकारलाई दण्डित र पीडित गर्ने काम गरिंदैन । अधिनायकवादी वा कम्युनिष्ट ढाँचाको प्रेस सिद्धान्त अपनाउने मुलुकमा मात्र कानून बनाएर पत्रकारलाई गोर्खे लौरी लगाउने काम गरिन्छ । २०४७ सालमा जारी भएको नेपाल अधिराज्यको संविधानले स्वतन्त्र प्रेसको अस्तित्व स्वीकार गरेको थियो । त्यसपछि आएका संविधानहरुले पनि प्रेस स्वतन्त्रताको उच्च सम्मान गरेका छन् ।
नेपालको संविधान, २०७२ ले त पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यो परिवेशमा पत्रकार र पत्रकारिता जगतलाई मर्यादित वा नियमन गर्ने नाममा नियन्त्रण गर्न सकिन्न । हाल संसद्मा दर्ता भएका केही विधेयक पत्रकारलाई नियन्त्रण गर्ने अभिप्रायले ल्याइएको छ । पत्रकारले गल्ती ग¥यो भने दण्डित गर्ने काम पाठक , स्रोता वा दर्शकले गर्छन् । जसरी अमेरिकी जनताले पत्रकारलाई वहिष्कार गरे , त्यही नियति नेपालका पत्रकारको पनि हुने हो, गल्ती गरेको अवस्थामा । आफूले आफैंलाई स्वनियन्त्रण गर्ने पेशा हो पत्रकारिता । त्यसैले अपराधीलाई गरेजस्तो व्यवहार गर्ने खोज्ने केपी ओली सरकारको रवैया त्यति निको छैन । विस्तारै सरकारको शैली र व्यवहार बिरुद्ध सर्वत्र विरोध शुरु हुन थालिसकेको छ ।
मिडिया विरोधी छवि बनाएको सरकारलाई स्वयं सत्तारुढ दलका नेताहरुबाटै असहयोगको छनक आइसकेको छ । ने क पा का वरिष्ठ नेता वामदेव गौतमले आज विहीबार प्रेस विज्ञप्ति नै जारी गरेर यसको चर्काे विरोध गरेका छन् । संसद्मा दर्ता भएका विधेयक सच्याएर मात्र पारित गर्न आग्रह पनि गरेका छन् । स्वतन्त्र प्रेस लोकतन्त्रको अधारस्तम्भ हो । स्वतन्त्र, निष्पक्ष , निर्भिक प्रेस आजको आवश्यकता हो । त्यसैले विधेयकमा संशोधनको विकल्प नभएको गौतमको ठहर छ । उता, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले पनि विधेयकमा परिमार्जन आवश्यक रहेको बताई सकेका छन् ।
तर सरकार भने अझैपनि आफ्नाे दम्भी सोचमा टसका मस हुने छाँटकाट छैन । सञ्चार मन्त्री गोकुल बाँस्कोटा जसरी पनि विधेयक पारित हुने हुँकार गरिरहेका छन् । सरकारको बल मिच्याईंको पूर्व संकेतका रुपमा बाँस्कोटाको अभिव्यक्तिलाई लिन सकिन्छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि यो विधेयक फिर्ता नै गर्नुपर्ने आवाज उठाइरहेको छ । यसमा कुनै छलफल नै नगर्ने उसको रणनीति रहेको छ । यस्तो अवस्थामा जवर्जस्ती पारित गर्न खोजे ठूलै पहिरो जाने संभावना रहेको छ ।
नेपालको संविधानको धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यस्तै धारा १७ को उपधारा १ क मा विचार , अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताबारे उल्लेख छ । यो भावना विपरित सरकारले संसद्मा विधेयक दर्ता गर्नु आफैंमा लज्जास्पद हो । यस्तै संसद्मा दर्ता भएको अर्काे आमसञ्चार विधेयकमा पनि प्रेस विरोधी व्यवस्था गरिएको छ । विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्मको जरिवाना गर्न सकिने प्रावधान राखिएको छ । संसद्मा दर्ता भएको विधेयकको दफा ५ को उपदफा ९ मा यस्तो प्रावधान प्रस्ताव गरिएको छ ।
नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आपत्तिजनक एवं संविधानको मर्म र भावना विपरित रहेको छ । पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको संविधानको भावना विपरित आउने कानून आफैंमा बदरभागी हुने छ । सर्वाेच्च अदालतमा यो विषयले प्रवेश पायो भने हुने व्याख्या यही हो भनेर सत्ताधारी पार्टी निकट कानून व्यवसायीहरु भनिरहेका छन् । संविधानको रक्षा र पालना गर्ने गराउने दायित्व सरकारको हो ।
नेपालको संविधानको धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यस्तै धारा १७ को उपधारा १ क मा विचार , अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताबारे उल्लेख छ । यो भावना विपरित सरकारले संसद्मा विधेयक दर्ता गर्नु आफैंमा लज्जास्पद हो । यस्तै संसद्मा दर्ता भएको अर्काे आमसञ्चार विधेयकमा पनि प्रेस विरोधी व्यवस्था गरिएको छ । विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्मको जरिवाना गर्न सकिने प्रावधान राखिएको छ । संसद्मा दर्ता भएको विधेयकको दफा ५ को उपदफा ९ मा यस्तो प्रावधान प्रस्ताव गरिएको छ ।
नेपालको सार्वभौमसत्ता , भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषयमा समाचार लेखेको खण्डमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने वा १० देखि १५ वर्षसम्म कैद गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै समाचारमार्फत गाली बेइज्जती गरेको ठहरिएमा ३ लाखदेखि १० लाखसम्म जरिवाना र मनासिव माफिकको क्षतिपूर्ति भराईदिनु पर्ने व्यवस्थासमेत उक्त विधेयकमा गरिएको छ । यी व्यवस्था गर्नुको पछाडि प्रष्ट छ – सरकार नियन्त्रित प्रेस चलाउन चाहन्छ ।
यसका लागि कुनै पनि हालतमा सोभियत कम्युनिष्ट सिद्धान्तको प्रेस लाद्ने अभिष्ट सरकारको रहेको छ । ओली सरकारको अवसानको प्रारम्भ निश्चय पनि यही विन्दूबाट हुने पक्का छ । किनभने भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ , काँध थाप्न सकिन्न । यसको आभास आजै वामदेव गौतमको प्रेस विज्ञप्तिले दिइसकेको छ ।
र याे पनि पढ्नुहाेस्……. सोभियत कम्युनिष्ट सिद्धान्तको प्रेस सञ्चालनको तयारीमा सरकार
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार