मेक्सिकोलाई अन्तर्राष्ट्रिय मुद्रा कोशको ऋण आवश्यक छैन : राष्ट्रपति
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार ४:२८:१०
एजेन्सी । मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताए ।
राष्ट्रपति लोपेज ओब्राडोरले भने, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ ऋणका लागि आवेदन दिने छैनौ । हामीले राष्ट्रलाई थप ऋणमा राख्न चाहँदैनौँ । हामी मजबुत अवस्थामा छौँ ।”
राष्ट्रपतिले मुद्रा कोष्का महा निर्देशक क्रिश्टिन लिगार्डसँग बुधबार हुने भेटमा यो कुराको जानकारी गराउने नियमित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीलाई बताए ।
सन् २०१८ को डिसेम्बरमा जिम्मेवारी सम्हालेका राष्ट्रपति लोपेज ओब्राडोरले भने, “भाग्यको कुरा हामीले आर्थिक सहयोग लिनु नपर्ने अवस्था आएको छ । सबै कुरा लयमा चलेका छन् । राष्ट्रको अर्थतन्त्रले सही बाटो लिन थालेको छ ।”
मेक्सिकोको अर्थतन्त्र गत बर्षको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा १.२ प्रतिशतले बढेको यहाँको नेशनल इन्स्टिच्युट अफ स्टाटिस्टक एण्ड जियोग्राफी ‘इनेगी’ ले जनाएको छ ।
मेक्सिकोको कुल ग्राहस्थ उत्पादनमा सन् २०१८ को चौथो त्रैमासिकमा अघिल्लो बर्षको सोही समयको तुलनामा ०.२ प्रतिशतले गिरावट आएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार