गुणस्तर निर्धारण नगर्दासम्म पक्की पुलको निर्माणकार्य स्थगित
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १५:५०:४३
गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ ।
गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।
पुलको फाउण्डेशन निर्माणमा गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग भएको भनी रघुगङ्गा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई जानकारी गराएपछि पुल निर्माणको काम अर्को व्यवस्था नहोउञ्जेलसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ पिप्लेको सीमाक्षेत्रमा पर्ने राहुघाटको पिप्लेखण्डमा पक्की पुलको फाउण्डेशन राख्न ढलानको काम भइरहेको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इञ्जिनीयर ओमराज ढुङ्गाना, प्रहरी नायब उपरीक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भइरहेको काम स्थगित गर्न निर्देशन गरेका हुन् ।
“जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि प्राविधिकसहित स्थलगत अनुगमन गर्दा धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग भएको पाइयो”, प्रजिअ अधिकारीले भने, “डिजाइन स्टिमेटअनुसार निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने दायित्व सम्बन्धित आयोजनाको भएकाले निर्देशन गरिएको हो ।”
तर, ठेकेदार कम्पनी शर्मा गजुरमुखी युनाइटेडका इञ्जिनीयरले भने पुल निर्माणका लागि कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन गरिएको बताए ।
“आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको हो”, इञ्जिनीयर सोनारी क्षेत्रीले भने, “ठेकेदार पक्षबाट कुनै बदमासी भएको छैन ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार