पाँच प्रहरी अधिकृत पुरस्कृत
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २१:२९:५४
काठमाडाैँ । नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।
प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् ।
पुरस्कृत प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए। पुरस्कृत हुनेमध्ये खापुङ र पन्थीले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा महत्वपूर्ण भूमिका खेलेका थिए भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर महत्वपूर्ण योगदान गरेको बताइएको छ ।
यस्तै कँडेलले सरुवा, बढुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन महत्वपूर्ण भूमिका खेलेको र मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शत्प्रतिशत कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बुझिएको छ ।
खनाल महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५०० प्रहरी कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार