सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार १९:१७:३८
काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत International School Of Tourism And Hotel Management Collage ज्ञानेश्वरमा अध्यनरत विद्यार्थीहरू सँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम यही जेष्ठ २६ गते आईतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल सम्बन्धी चेतनामूलक प्रशिक्षण दिनु हुँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए । उनले लागुऔषध र सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे ।
विद्यार्थीहरू विभिन्न खराव साथी संगतको कारणले लागुऔषधको कुलतमा फसी आफ्नो अमुल्य जिवन बर्बाद गरीरहेको तर्फ संकेत गर्दै त्यसबाट बच्न विद्यार्थी स्वंयम र अभिभावकले पनि आफ्ना सन्तान प्रती विशेष ख्याल राख्नु पर्ने बताए ।
प्रविधिको प्रयोग बढ्दै संसार साघुरीएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका विच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने र बालबालिकाले पनि साथिहरू सँग जादा को संग जाने ,कहाँ जाने, कतिखेर फर्कने लगाएतका जानकारी दिएमा अपराध घटन सहयोग पुग्ने बताए ।
महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको, आयोजनामा संचालित कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अध्यक्ष नरेन्द्र बज्रचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न। ३० का वडा अध्यक्ष दल बहादुर कार्की, कलेजका प्रिन्सिपल सम्झाना बस्नेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार