प्रविधिमैत्री सेवामा जोड दिनुपर्छ : प्रहरी नायब महानिरीक्षक अधिकारी
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १७:३७:५८
बेझाड । प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरेका छन् ।
नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रहरीले अपराधीका बीच कानूनी रूपमा कठोर र समुदायका बीच न्यायप्रेमी मानिसका लागि सहयोगी मित्रको भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतामाथि जोड दिदैं प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औल्याए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले रामपुर नगरको बढ्दो शहरीकरणसँगै हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण गरी मानवअधिकारको रक्षाप्रति प्रतिबद्ध भएर प्रहरीले नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार