कर्मचारीको तलब बढ्यो, एक महिनाको थप तलब दिने अर्थमन्त्रीको घोषणा
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १६:१७:४४
काठमाडौं। प्रदेश नं ३ ले प्रदेशमा कार्यरत कर्मचारीका लागि एक महिनाको तलब थप गर्ने घोषणा गरेको छ। आगामी आरुथिक वर्ष २०७६/०७७ को बजेटमार्फत प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले थप सुविधाको घोषणा गरेका हुन्।
मन्त्री ढुंगेलले गरेको घोषणा अनुसार प्रदेशका कर्मचारीले संघीय सरकारले बढाएको तलब सुविधाबाहेक थप सुविधा पाउनेछन्।
बजेट बक्तव्यको बुँदा नं १८४ मा भनिएको छ, ‘आजका मितिसम्म प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तिमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतित गरेका कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीहरुलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरुप केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको छु’।
सातवटा प्रदेशमध्ये यो प्रदेश ३ ले कर्मचारीका लागि अतिरिक्त सुविधाको घोषणा गरेको हो। यस प्रदेशले प्रदेश निजामती सेवा पुरस्कारको घोषणा पनि गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार