तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारवाही
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १२:१०:१३
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई सोमबार नियन्त्रणमा लिई कारवाही गरेको छ ।
प्रहरीले यही असार १ गतेदेखि लागू गरेको ‘सडक सुरक्षा विशेष अभियान’ अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि निर्धारण गरेका ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी सवारी साधनलाई कारवाही गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
तीव्र गतिमा चलाउने सवारी साधनलाई लेजरगनको सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको उहाँले जानकारी दिए ।
भक्तपुर ट्राफिकले चालू आवको ११ महीनामा अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्म चल्ने सात हजार ६३९ सवारी साधनलाई कारवाही गरी रु ५१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । सो सडकमा यो अवधिमा ५७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट चार जनालाई पक्राउ गरेको छ ।
बालकोट प्रहरी प्रभागको टोलीले गएराति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहटका १८ वर्षीय दर्शन गौतमलगायत चार जनालाई पक्राउ गरेको हो ।
बालकोटको धर्मराज भुसालको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा९७प १२१५ नंको मोटरसाइकल चोरी गरी लाँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार