गृहमन्त्री थापा भन्छन्, ‘कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक बनेर काम गर्नुस’
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १९:२६:४
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ७ जना प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।
‘प्रतिपक्षले साना विषय पनि उचालिरहेको छन्, सचेततापूर्वक काम गर्नू’, गृहमन्त्रीले भनेका छन्, ‘आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महसुस गरेर काम गर्नू ।’ प्रदेश अनुसार फरकफरक समस्या र विशिष्टता रहेको उल्लेख गर्दै सोही अनुसार काम गर्न पनि उनले निर्देशन दिएका हुन्।
मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई गृहमन्त्रीले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार गृहमनत्रीले प्रहरी प्रमुखहरुलाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।
तीन दिनअघि प्रदेश १ मा ठाकुरप्रसाद ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गर्ने निर्णय भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार