लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार २१:२३:४४
काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ ।
आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो । दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा चाप बढेर दरखास्त अपलोड गर्न समस्या भएपछि आयोगले म्याद थप गरेको हो ।
यसअघि आयोगले दरखास्त दिनका लागि मंगलबारसम्म अन्तिम मिति तोकेको थियो ।
५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन माग गरेको छ ।आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् भने हालसम्म एक लाख ६८ हजार ३४१ जनाले आवेदन फाराम भरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
पुष २५, २०८१ बिहिबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार