आज देशभरको मौसम बदली, दिनभर लगातार पानी पर्ने सम्भावना !
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार १४:५२:४५
काठमाडौं । यति बेला गाउँघरमा धान रोप्ने चटारो परेको छ । कतिपय ठाउँमा बोरिङ मार्फत सिचाई गरेर किसानले धान रोपी रहेका छन् । भने कतिपय किसान आकाशे पानकिो भरमा बसिरहेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी गतिविधि क्रमिक रुपमा बढ्दो क्रममा रहेकाले किसानहरु अत्तालिनु पर्ने अवस्था नरहेको मौसमविदले बताएका छन् ।
रोपाइँ गर्ने गरी पानी पर्न नसकेको भनेर किसान चिन्तामा रहेका बेला मौसमविदले भने मनसुनी गतिविधि बढ्दै गएको र क्रमिक रुपमा थप सक्रिय हुने देखिएको बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेको छ । पश्चिमका क्षेत्रमा पनि आउँदा दिनमा लगातार पानी पर्ने मनसुनी गतिविधि बढ्दै जाने देखिएको मौसमविद सुवास रिमालले बताए ।
मौसमविद रिमालका अनुसार हाल मध्य र पूर्वका क्षेत्रमा पानी पर्ने क्रम जारी छ र यो बढ्दै जाने छ । यस्तै केही दिनमा पश्चिमका क्षेत्रमा पनि गतिविधि बढ्ने देखिएको छ । अघिल्ला वर्षको जस्तो मनसुन निश्क्रिय भएर खडेरी पर्ने सम्भावना नदेखिएको उनले बताएका छन् ।
यसैबिच शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद रिमालले बताए । पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार