राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार १६:३६:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौं उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए ।
चालू आर्थिक वर्ष २०७५÷७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।
यसैबिच, काभ्रेपलाञ्चोकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डाको बागबाणी इलाका ‘दलसिं पाखा’मा आज ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रमको शुभारम्भ गरेका छन् ।
उनले आँपको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् । अड्डाको एक हजार रोपनीमध्ये ३८ रोपनी क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिने कार्यक्रम रहेको निमित्त बाहिनीपति दिनेश केसीले जानकारी दिए ।
उनका अनुसार यसअघि बाहिनीको हाताभित्र विभिन्न प्रजातिका ३२० फलफूलका बिरुवा रोपण गरी संरक्षण तथा सम्वद्र्धन गरिँदै आएको छ ।
आज आँप १००, लिचीे ७०, अनार १००, कागती १००, कटहर १००, लप्सी ५०, किम्बुका १४ वटा तथा अन्य प्रजातिका ४६६ बिरुवा रोपिएको छ । वृक्षरोपणका लागि बिरुवा धुलिखलस्थित विष्णुदल गणको नर्सरी, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रले उपलब्ध गराएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार