जनमुखी दिगो विकास र समुन्नत नगर निर्माणका लागि स्मार्ट बजेट : उपप्रमुख तिवारी
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार २३:३८:५७
स्याङ्गजा । देशभरका स्थानिय तहले यतिबेला आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम ल्याएर बजेट तर्जुमा समेत सम्पन्न गर्न लागेका छन् । त्यसमध्ये वालिङ नगरपालिकाले नगरको विकासको खाका समाविष्ट निती तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । नीति तथा कार्यक्रममाथि छलफल सकेर अब बजेट प्रस्तुतीमा तयारी समेत थालेको नगर उपप्रमुख कल्पना तिवारीले बताएकी छन् ।
स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमुन्त्रसहित आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको उपप्रमुख तिवारीले बताइन् ।
उनले भनिन्,‘ हामी नीति तथा कार्यक्रमको छलफल समेत सकेर अब बजेट प्रस्तुतीको तयारीमा छौँ । हामीसङ्ग जनताका असिमित आवस्यकता पुरा गर्न सिमित श्रोत साधन छन् तर तिनिहरुको उच्चतम प्रयोग गरेर जनमुखि दिगो विकास र समुन्नत नगर निर्माणका लागि स्मार्ट बजेटको तयारीमा छौँ ।’
वालिङ नगरपालिकाले चालु साधारण तर्फ रु ३८ करोड ७८ लाख ६९ हजार ४ सय ९९ र पुंजीगत तर्फ रु २६ करोड ९८ लाख ८७ हजार ५ सय १ गरी कुल ६५ करोड ७७ लाख ५७ हजार रुपैया बराबरको बजेट ल्याउने तयारी गरिएको उपप्रमुख तिवारीले जानकारी दिइन् ।
एकै चोटी सबै ठाँउको विकास सम्भव नरहेको तर आफुहरुको मुख्य लक्ष्य नगरलाई स्मार्ट नगरपालिका बनाउनु भएकाले त्यसका लागि सबै क्षेत्रको स्मार्ट विकासको अवधारणा ल्याएको बताउदै उक्त अवधारणा पुरा गर्नका लागि आ.व. ०७६/७७ को बजेट दिर्घकालिन आधार बन्ने कुरामा आफु विस्वस्थ रहेको नगर उपप्रमुख तिवारीले बताइन् । साथैे बजेटबाट सबै क्षेत्र, पक्ष, समुदाय लाभान्वित हुने समेत उनले बताइन् । त्यसकाे लागि सबै एकाकार हुन अनुराेध समेत गरिन्।
आगामी तिन बर्षमा स्मार्ट नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य लिएको नगरपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, कृषिलाई ब्यवसायीकरण गर्ने, हाईटेक नर्सरीको स्थापना, एक घर एक धारा नीति अवलम्वन गर्ने, शितभण्डार निर्माण,फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना, नगरभित्रका पर्यटकीय संभावना बोकेका क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, होमस्टेमा गएर खाने बानीको विकास गर्नका लागि विशेष छुट दिने ब्यवस्था मिलाउने, विभिन्न जातजाती, भेषभूषाको संरक्षण, बाजागाजाको संरक्षण गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने,उद्योग स्थापना, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रवद्र्धन, सार्वजनिक निजी साझेदारीमा केवलकार, पार्क, सडक, उद्योगहरु स्थापना गर्ने, आगामी आर्थिक वर्षमा वालिङमा लगानी सम्मेलन गरी लगानी भित्र्याउने निति आगामी आ.व. ०७६/७७ को लागि लिएकोे उपप्रमुख तिवारीले नेपाल बहसलाई बताइन् ।
त्यस्तै प्रत्येक वडामा एउटा नमूना, उद्यम सहकारी तथा कृषि सहकारी स्थापना गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा ईनोभेशन सेन्टर,विद्यालयलाई बालमैत्री र फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको ब्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने निति समेत ल्याइएको छ ।
तिवारीले नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल,लोपोन्मुख जातीहरु माझी, कुमाल, दलितहरुका साथै विपन्न वर्गहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, १४ वटै वडामा खरको छानारहित घर अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै कच्ची सडकहरुमा बाह्रै महिना निर्वाधरुपमा सडक सञ्चालन गर्ने, हरित शहरकोरुपमा विकास गर्ने, बायटारी देखि छाङ्छाङ्दीसम्म आँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको संभाब्यता अध्ययन गर्ने कार्यक्रम सहित बजेट निर्माणको काम समेत भइरहेको बताएकी छन् ।
नगरपालिकालाई पूर्ण सरसफाईयुक्त नगर बनाउने, विपद ब्यवस्थापनका लागि अस्थायी सेल्टर,खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, खेल प्रतिष्ठान बनाउने, मेयर कप खेलकुदलाई नियमित गर्ने, प्रत्येक वडामा खेल मैदान स्थापना गर्ने, वडा र नगरका विभिन्न स्थानहरुलाई फ्री वाईफाई जोन बनाउने, मोबाईल एपमार्फत घर घरबाटै सेवा लिने कार्यको शुरुवात गर्ने कार्यक्रम तय गरेकाे छ । त्यस्तै आन्तरिक आयमा सबल बनाउन राजश्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय बृद्धि गर्नका लागि
राजश्वका करका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने, बहाल बिरौटी कर लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छन् ।
यसैगरि गुनासो ब्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेटवे मार्फत भुक्तानीको ब्यवस्था मिलाउने, नगरपालिकाको शहरी क्षेत्रलाई स्मार्ट सिटीकोरुपमा विकास गर्ने, सामाजिक सुरक्षा भत्तालाई अझ ब्यवस्थित गर्दै ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई थप उपचार खर्च प्रदान गर्ने, ३५ दिनभित्र जन्म वा मृत्यु दर्ता गराउनेलाई प्रोत्साहनस्वरुप रु। पाँच सय भत्ता उपलब्ध गराउने, बाँदर लखेट्न तथा नियन्त्रणका लागि आविष्कार गरिएको मेसिन प्रयोग गर्ने, न्यायिक समितिलाई ब्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउनेलगायतका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिसकिएको र छिट्टै नै वालिङ स्मार्ट नगर बन्ने समेत नगर उपप्रमुख तिवारीले बताइन ।
उपप्रमुख कल्पना तिवारी स्याङ्गजाली राजनितिक अनि सामाजिक क्षेत्रको परिचित नाम हो । स्मार्ट नगर वालिङ निर्माणकालागि महत्वपुर्ण भुमिका निर्वाह गरेकी कल्पना तिवारीसङ्ग नेपाल बहसले समसामयिक विषयमा कुराकानी गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार