आज पनि मौसम बदली : सुदूरपश्चिम क्षेत्रमा बिहानैदेखि मेघ गजर्नसहित वर्षा !
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १४:२८:२१
काठमाडौं । देशका अधिकांश स्थानमा आज ‘सोमबार’ पनि हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शमिर श्रेष्ठले जानकारी दिए ।
सुदूरपश्चिम क्षेत्रमा सोमबार बिहानैदेखि मेघ गजर्नसहित वर्षा भइरहेको छ । त्यहाँ दिउँसो पनि केही स्थानमा भारी वर्षा हुने मौसमविद श्रेष्ठले बताए ।
देशभर सोमबार राति पनि सामान्य बदली भएर पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मध्य र पूर्वका विशेष गरी तराई भूभागका एक दुई स्थानहरुमा र पश्चिमका पहाडी भूभागका केही स्थानमा सोमबार राति भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार