काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गर्यो !
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ५:३५:२०
काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा वर्षा गराइराखेको बादलको प्रणाली केहि कमजोर भएता पनि स्थिर रहेकाले अझै केहि समयसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसोदेखि लगातार पानी परेपछि काठमाडौँको विष्णुमती नदीमा बाढी उर्लिएको छ। जल तथा मौसम विज्ञान विभागले विष्णुमतीमा बाढीले सतर्कताको तह पार गरेको जनाउँदै सतर्क हुन भनेको छ ।
विभागका अनुसार राजधानीको गोंगबु बसपार्क क्षेत्रमा विष्णुमतीको बाढी सतर्कताको तह भन्दा माथि पुगेको हो। विष्णुमतीमा सतर्कताको तह २.५० मिटर हो। तर त्यहाँ बाढी उर्लिएपछि पानीको सतह २.६१ मिटरमा पुगेको छ ।
अलर्ट!!
काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ।
वर्षा जारी छ र जलसतह बढ्दो छ। खतरा तह पनि पार हुन सक्छ। नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाऔं।
विष्णुमतीको जलसतह हेर्न यो लिङ्कमा जानुहोला।https://t.co/KOMW7jAIxh pic.twitter.com/efaA45nNu2— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 6, 2019
साथै पूर्वी नेपालमा पनि वर्षा शुरू भएको छ। उक्त भूभागमा केहि घण्टा लगातार पानी पर्ने अनुमान रहेको छ । यता काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ। वर्षा जारी छ र जलसतह बढ्दो छ।
बाढी पूर्वानुमान महाशाखाले नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार